Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कामना सेवा विकास बैंकले गर्‍यो नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग

कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गते देशभर भएको जेन–जी युवा समूहको आन्दोलनका क्रममा उत्पन्न तोडफोड तथा आगजनीबाट नेपाल बार एशोसिएशनको भवन र परिसरमा क्षति पुगेपछि कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले कम्प्युटर प्रदान गरेको हो।

बैंकका कानुन विभाग प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई कम्प्युटर हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रा. डा. मिश्रले कामना सेवा विकास बैंकद्वारा प्रदान गरिएको कम्प्युटर सहयोगले एशोसिएशनको दैनिकी कामकाज सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, बैंकका कानुन विभाग प्रमुख अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनसँग समन्वय गर्दै समुन्नत समाज निर्माणका लागि सहयोग र सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उक्त कार्यक्रममा बैंकका सीएसआर विभाग प्रमुख सुशिल पौडेल, नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालालगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।