नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान ढिला हुने भएको छ। विद्युतीय मेसिनबाट हुने यो मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेसिनमा इन्ट्री गराउन समय लागेको हो ।
कम्पनीका प्रमुख रामप्रसाद रिमालले वर्णानुक्रम अनुसार मेसिनमा नामहरू इन्ट्री गरिने बताएका छन् ।
नाम इन्ट्री गरेपछि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हेरेर प्रमाणीकरण गर्नेछन्। मेसिनमा उम्मेदवारहरूको फोटो पनि राखिने भएको छ। फोटो र नाम सँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको रिमाले बताए।