Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपालकै पहिलो लन्ड्री लाउन्ज-एलजीद्वारा सञ्चालित

सिजी इलेक्ट्राेनिकले आफ्नो साझेदार Classy Clean सँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ।

लन्ड्री लाउन्ज भनेको एजलीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो। एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ।

यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यवसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

यस लन्ड्री लाउन्जको सञ्चालन सिजीका साझेदार Classy Clean ले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

एलजीका कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन्।

ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ।
यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुप का प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी तथा LG Bangladesh का प्रबन्ध निर्देशक जेराल्ड चुन द्वारा संयुक्त रूपमा गरिएको हो।