सम्झौताअनुसार काम नगर्दा एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । उक्त कम्पनिहरुले नेपाल टेलिकमसँगको प्रविधि ठेक्कामा सम्झौताअनुसार काम नगर्ने भएकाले कालोसूचीमा परेका हुन् ।
निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको छ । कम्पनि मध्ये जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।
त्यस्तै दुई वर्षका लागि सर्लाहीको निर्माण कम्पनी र सिन्धुपाल्चोकमा पूर्वाधारको ठेक्कामा काम नगर्ने एउटा जेभी परेकाे छ ।
रौतहटको दिलिप कन्स्ट्रक्सन, काठमाडौंको न्यु डीपी निर्माण सेवा, कोजु इन्जिनियरिङ एण्ड बिल्डर्स, बाँकेको मुस्कान अर्डर एण्ड सप्लायर्स, बी एण्ड बी कन्स्ट्रक्सन, डोल्पाको कार्की निर्माण सेवा, यु एण्ड आइ निर्माण सेवा र दिनकर कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
त्यसैगरी काठमाडौँको बबरमहलस्थित तुलसीराम कोजुको कम्पनी कुजु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न दार्चुलाको मार्मा गाउँपलिकाले सिफारिस गरेको थियो । कालोसूचीमा परेका कम्पनीले कार्बाही अवधिभर सार्वजनिक खरिदमा सहभागिता जनाउन नपाउने भएको छ ।