Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रपति पौडेलका सल्लाहकार थापाले किन दिए राजीनामा ?

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको पौडेललाई जानकारी दिँदै उनले राजीनामा दिएका हुन् ।

२०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । 

२०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन् ।