नेपाली बजारमा आज महिनाको पहिलो दिन सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १७ सयले घटेर तोलाको २ लाख ५९ हजार कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ३८८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३८७० मा कारोबार भएको थियो ।