Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनएमबि बैंकले पुस २४ गते साधारण सभा गर्ने

एनएमबि बैंक लिमिटेडले पुस २४ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

बैंकको उक्त सभामा लाभांश वितरणसहितका विभिन्न प्रस्ताव पेश गरिने छन्। बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्तावित लाभांश बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ। साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

पुस ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।