नेकपा एमालेको मनोनयन दर्ताको समय पुन: थप गरिएको छ । यसअघि सोमबार साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि फाराम बुझाउने समय तोकिएको थियो ।
उक्त समय बढाएर ५ बजेसम्मका लागि सारिएको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए । उम्मेदवारको प्रारम्भिक नामावली भने बेलुका ६ बजे प्रकाशन गरिनेछ ।
त्यस्तै, अन्तिम नामावली प्रकाशन राति साढे ८ बजे गरिनेछ ।