Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ईश्वर प्यानलबाट टंक कार्कीले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

नेकपा एमालेको उपाध्यक्ष पदमा टंक कार्कीले ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका छन्। आज महाधिवेशनअन्तर्गत उनले उम्मेदवारी फारम दिएका हुन्।

ईश्वर प्यानलबाट उपाध्यक्षमा  रघुजी पन्त, विन्दा पाण्डे, परशुराम मेघी गुरूङ, गोकर्ण विष्ट, अरूण नेपाल र टंक कार्कीको उम्मेदवारी परेको छ। 

उपाध्यक्ष पदमा ५ जना रहने व्यवस्था भएकाले एक जनालाई फिर्ता गराउने नेता गोकर्ण विष्टले बताए ।