Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चार महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब बढी रेमिट्यान्स

चालु आर्थिक वर्षको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह घटेको छ । रेमिट्यान्स  असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले घटेको हो ।

२०८२ को कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढेर ६ खर्ब ८७ अर्ब १३ करोड छ ।