नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन हुनु दुभाग्यपूर्ण रहेको बताएका छन् ।महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
विधान संशोधन औचित्यपूर्ण नभए पनि हलले स्वीकारेपछि आफूहरू निर्वाचन प्रक्रियामा जान तयार भएको भट्टराईको भनाइ छ ।
आफूहरूले प्यानल बनाएर उम्मेदवारी नदिने र ‘सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दिनुहुन्छ, प्यानल बन्दैन, उनले भने ।' उनले थपे, ‘पार्टीको पुरानै नेतृत्वले अहिलेको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्था छैन ।