Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक

माघ २३ गते रिलिज हुने प्रेम कथानक चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य पात्रमा देखिएका छन्। 

क्लासिक लुकमा रहेको पोस्टरमा प्रेमिल भावको सङ्केतको रूपमा पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने ‘वेभ’हरू प्रयोग गरिएको छ।  यस चलचित्रको पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

पोस्टर सार्वजनिक गरेसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना ‘’ को पनि रिलिज मिति घोषणा गरिएको छ। उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । दिनेश राउतले निर्देशन गरेको यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। 

चलचित्रमा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् भने आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह,घनश्याम जोशी, सुनिता श्रेष्ठ, सरोज लामिछाने, मनषा शर्मालगायतका कलाकारको अभिनय रहेको छ।