Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

काठमाण्डौ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)

काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय (केयू) मा आज ३१औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । पहिलो चरणमा कुल २ हजार २०९ विद्यार्थी दीक्षित भएका छन्, जस मध्ये १७ देशका १९६ विदेशी विद्यार्थी पनि रहेका छन् ।

KU_51765360399.jpg

समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सञ्चालन भएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि कार्यक्रममा सहभागी भएका थिए ।

KU_41765360400.jpg

नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालय (जेएनयू) का उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा दीक्षान्त समारोहमा उपस्थित रहेका थिए ।

KU_31765360402.jpg

यस वर्ष केयूका स्कुल अफ आर्ट्स, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्सबाट गरी जम्मा २ हजार २०९ विद्यार्थी दीक्षित भएका हुन् ।

KU_11765360405.jpg

दीक्षितमध्ये विद्यावारिधी, डीएम र एमसीएच तहका ७, स्नातकोत्तर तहका ३९७, पीजीडी तहका ५० र स्नातक तहका १ हजार ७ सय २८ विद्यार्थी रहेका छन् ।

Ku_21765360403.jpg