Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनपीएलमा प्लेअफको समीकरण पुरा

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको समीकरण पुरा भएको छ  । जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छन् ।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलबार खेल्ने छन्  । त्यस्तै बुधबार इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् ।

त्यसैगरी दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिबार हुने छ ।