नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा अपराजित सुदूपरश्चिम रोयल्सले विराटनगर किंग्सलाइ जितका लागि १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुएमार १ सय ४७ रन बनायो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनको अविजित इनिङ खेल्दा इशान पाण्डेले ३८ रन बनाए। त्यस्तै जोस ब्राउनले २४ रन बनाउँदा विनोद भण्डारीले १५ रन बनाएका थिए। त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी १९ रन बनाएर आउट भए।

विराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लंदा प्रतिश जिसीले २ विकेट तथा बसिर अहमदले १ विकेट लिए।
‘प्लेअफ’ पुग्ने सबै ४ टिमको तय भइसकेकाले विराटनगरका लागि आजको खेल क्वालिफायर दौडमा पुग्नका लागि महत्वपूर्ण छ। विराटनगर फराकिलो जित सहित शीर्ष दुईमा पुग्ने लक्ष्यमा रहँदा अपराजित सुदूरपश्चिम भने विना दबाब मैदानमा रहेको छ।