Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनपीएलमा तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने चितवनका रवि बोपारा

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनबाट बोपाराले २८ बलमा ५० रन पूरा गरे । बोपाराले अर्धशतकसम्म पुग्दा दुई चौका र तीन छक्का प्रहार गरे ।

एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो । बोपाराले यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका थिए ।

जारी खेलको १७.२ ओभर समाप्त हुँदा चितवनले चार विकेट गुमाएर १४५ रन बनाएको छ । चितवनबाट बोपारासँगै क्रिजमा रहेका कप्तान कुशल मल्ल १० रनमा खेलिरहेका छन् ।