Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनपिएल: पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने

नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो ।

पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो ।