Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नेपाल वायुसेवा निगमले डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गर्ने

नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पको विमानस्थलको रूपमा प्रयोग गर्ने भएको छ ।

निगमका प्रवक्ता अनिल घिमिरेले हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको जानकारी दिएका छन् ।

यसले डाइभर्सनमा लाग्ने खर्च तथा समय दुवै बचत हुने नेपाल वायुसेवा निगमले जनाएको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णयसमेत निगमले गरेको घिमिरेले बताए ।