Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३१७५ मा कारोबार भएको थियो ।