Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ रेटिङ्ग दिँदै मध्यम जोखिम संकेत गरेको छ । प्रभु क्यापिटल आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ, र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।