Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले चुक्ता पूँजीकाे १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

अहिले कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ छ। यसकाे शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेकाे हाे । कम्पनीले हकप्रद सेयरबाट संकलन भएको रकम दायित्व भुक्तानी तथा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ।

हकप्रद सेयरको प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको साधारण सभामा पेस गरिनेछ।