Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विश्वकप विजेता भारतीय महिला क्रिकेट टिमलाई बोर्डले दियो ५१ करोड नगद पुरस्कार

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्वकप जितेको महिला क्रिकेट टिमलाई ५१ करोड पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव देव्जित सैकियाले विश्व विजेता महिला टिमलाई ५१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको जानकारी दिएका हुन् । 

यो रकम खेलाडी कोच, छ्नौत्कर्ता र सपोर्ट स्टाफलाई वितरण गरिने उनले बताएका छन् । त्यस्तै विश्वकप जितेको भारतीय टिमलाई आइसीसीले नगद पुरस्कार स्वरूप ४० करोड भारु दिएको छ । आइसीसीले यस विश्वकपदेखि पुरुष विश्वकप सरह पुरस्कार दिने घोषणा गरेको थियो । त्यस्तै उपविजेता बनेको दक्षिण अफ्रीकाले २० करोड भारु पुरस्कार पाएको छ । 

गएराती सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रीकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।