Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अमेरिकाका हरमित एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

अमेरिकाका क्रिकेटर हरमित सिंह नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् ।एनपीएलको दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले हरमित सिंहलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

३३ बर्षिय बलिङ अलराउण्डर सिंहले अमेरिकाबाट अहिलेसम्म २५ खेल खेल्दै २४ विकेट लिएका छन् । भारतका पुर्व यू१९ खेलाडी समेत रहेका हरमितले २०२४ देखि अमेरिकाबाट खेल्न लागेका हुन् ।

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा र मिलन बोहोरालगायतका खेलाडी रहेका छन् ।