Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

साहुखल र घिमिरे राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बाल गोपाल साहुखल र चेतन कुमार घिमिरेलाई नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।    

यसअघि मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा एन्फाले हरि खड्कालाई नियुक्त गरेको थियो । खड्कासहित प्रशिक्षण टिमले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् ।

फुटबल टिमका मुख्य प्रशिक्षक रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । 

नेपाली राष्ट्रिय फुटबल टिमले अब एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ ।