Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो

जोमसोम-कागबेनी सडकखण्डमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ ।

शुक्रबार अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड भासिएर भत्किएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको थियो ।