Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

भदौ २४ गतेको आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट र बिक्रीमा संलग्न पाँच जना पक्राउ

भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न गरेका पाँच जना पक्राउ परेका छन् । 

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८-९ एक थान पेस्तोल, पेस्तोलको म्याग्जिन एक थान, पेस्तोलमा लाग्ने गोली १५ थानसहित पाँच जनालाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइ हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको छ । 

पक्राउ परेका मानिसहरूमा धादिङ, धुनिवेशी गाउँपालिकाका २१ बर्षिय कृष्ण गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, काठमाडौं महानगरपालिका १५ भगवापाउँका  २५ बर्षिय राजन देउला हतियार खरिद तथा बिक्री वितरणमा संलग्न, देश भारत, मोतिहारी सितामणी घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ बर्षिय अकबर खान हतियार खरिद तथा बिक्री वितरणमा संलग्न, काठमाडौं महानगरपालिका १५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ बर्षिय सुमिन शाक्य (हतियार खरिद तथा बिक्री वितरणमा संलग्न) र काठमाडौं महानगरपालिका ३१ बानेश्वर घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ बर्षिय प्रभात मल्ल (हतियार खरिद गर्ने) रहेका छन् ।