Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मनाङको तिलिचो बेश क्याम्पमा १५ पर्यटक अलपत्र, उद्वारको लागि सशस्त्र प्रहरी परिचालन

मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ जना पर्यकको उद्धारको लागि शुक्रबार बिहान सशस्त्र प्रहरी बलको उद्वार टोलि त्यसतर्फ गएको छ ।

२ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण  तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका छन् । 

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि खटिएको छ ।

सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्वारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताईएको छ ।