Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेरी बढ्यो सुनको मूल्य, २७ सय रुपैयाँ बढ्दा तोलामा कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८०  रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।