Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बाढीपछि पुनःस्थापनातर्फ दोस्रो चरणको सहयोग: पालिकाको समन्वयमा वर्ल्ड भिजन, बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको संयुक्त पहल

हालैको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका भित्रका बाढीपीडित परिवारहरूलाई पालिकाको समन्वयमा दोस्रो चरणमा राहत सामग्री वितरण गरिएको छ। यस चरणमा बाढीले घरवार गुमाएका तथा कठिन परिस्थितिमा रहेका २२ घरपरिवारलाई किचन सामग्री, स्वच्छता सामग्री र सोलार बत्ती प्रदान गरिएको हो।

यो राहत वितरण कार्यक्रम वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको Flood Response कार्यक्रम २०२५ अन्तर्गत सम्पन्न गरिएको हो।

WhatsApp Image 2025-10-31 at 11.57.33_2a8894fa.jpg

आयोजक संस्थाका अनुसार, यो दोस्रो चरणको सहयोग अभियानअन्तर्गत विशेष गरी कमजोर र जोखिममा रहेका परिवारहरूलाई प्राथमिकता दिइएको छ। राहत वितरण कार्यक्रममा बागमती सेवा समाज नेपालका कार्यक्रम प्रमुख भरतकुमार कार्की, वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी जिल्ला संयोजक सीता चौधरी, पालिकाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका फिल्ड मोबिलाइजर चाँदनी चौधरीका अनुसार, “दोस्रो चरणको यो सहयोगले बाढीपीडित परिवारहरूलाई खाना पकाउन आवश्यक सामग्री र व्यक्तिगत सरसफाइका वस्तु उपलब्ध गराएर उनीहरूलाई पुनःस्थापनाको दिशामा अघि बढ्न थप सहयोग पुर्‍याउने उद्देश्य राखिएको हो,” उनले बताइन्।

WhatsApp Image 2025-10-31 at 11.57.32_ff4e195b.jpg

संस्थाहरूले विगतदेखि नै प्राकृतिक विपत्तिका समयमा राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यहरू गर्दै आएका छन्। आगामी दिनहरूमा पनि पालिकाको सहकार्यमा समुदायसँग मिलेर राहत तथा पुनर्निर्माणका कार्यक्रम निरन्तर सञ्चालन गरिने बागमती सेवा समाज नेपाल, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले जनाएका छन्।

स्थानीयवासीहरूले संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भनेका छन्, “दोस्रो चरणको यो सहयोग पालिकाको समन्वयमा सम्पन्न हुनु स्वयं समुदायका लागि ठूलो हौसला र आशाको संकेत हो।