Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

विहिबारआयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।