Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

‘क्वालिटीमा नो कम्प्रोमाइज’ क्याम्पेन अन्तर्गत शिवम् सिमेन्टले सार्वजनिक गर्यो चौथो भिडियो

शिवम् सिमेन्टले ‘क्वालिटीको मामिलामा नो कम्प्रोमाइज’ क्याम्पेन अन्तर्गत चौथो भिडियो सार्वजनिक गरेको छ। शिवम् सिमेन्ट अनुसार समाजमा कर्तव्य र उत्तरदायित्व वोध गर्नुपर्छ भन्ने सन्देश दिने गरी नयाँ भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमार्फत शिवम् सिमेन्टले एकजना डाक्टरले पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारी पूरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश दिएको छ। शिवम् सिमेन्टले आफ्नो अभियान विज्ञापनमात्र नभएर समाजप्रतिको उत्तरदायित्व वहन गर्नु र जनचेतना अभिवृद्धि गर्नु पनि भएको बताएको छ।

कम्पनीले क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत कर्तव्यको मामिलामा कम्प्रोमाइज गर्नु हुँदैन भन्ने सन्देश भिडियोमार्फत दिएको थियो। दोस्रो भिडियोमा कम्पनीले घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत विश्वासपात्रहरूबाट हुनसक्ने धोका, छलकपटबारे सचेत गराउँदै सामान्य जीवनका निर्णयमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने देखाइएको थियो।

तेस्रो भिडियोमार्फ कम्पनीले जीवनमा एक एक सेकेण्डको महत्व हुने भन्दै समयको मामिलामा कम्प्रोमाइज गर्नु हुँदैन भन्ने देखाएको थियो। कम्पनीले स्थापनाकालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।