Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज कति पुग्यो सुनचाँदीको मूल्य?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोला स्थिर रहदै तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन तोलाको २ लाख ३७ हजार ३ सयमा नै कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २९६५ मा कारोबार भएको थियो ।