Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनको राजीनामाको कारण भने स्पष्ट भएको छैन ।