Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण

कुमारी बैंक लिमिटेडले विगतका वर्षमा सङ्कलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात् उनको आगामी शैक्षिक यात्रामा सहयोग पु¥याउनु हो । सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रकम रु.७,३८,८११.९५ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ ईकाईहरु तथा ३१७ एटिएममार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।