Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आज पनि तोलाको सात सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आजपनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार  सुन तोलाको २ लाख ३७ हजारमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २९२० मा कारोबार भएको थियो ।