Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काभा कप पुरुष भलिबलमा पाँचौं भयो नेपाल

नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ । मंगलबार सम्पन्न पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २९-२७  ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै  प्रतिष्पर्धात्मक तेस्रो सेटमाल्दिभ्सले ३७-३५ ले जितेको थियो भने चौथो सेट नेपालले २५-१९ ले जितेको थियो ।

यो जितपछि नेपाल ६ देश खेलेको प्रतियोगितामा पाँचौं भएको छ भने माल्दिभ्स छैटौं भएको छ । लिग चरणमा नेपाल तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग पराजित भएको छ ।  प्रतियोगिताको उपाधिका लागि आजै तुर्कनेमिस्तान र अफगानिस्तान खेल्दैछन् ।