नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम थियो ।त्यस्तै, मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम थियो ।