Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।