Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको हो ।

अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन,  सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।