Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

महिला क्रिकेट विश्वकप: न्यूजील्याण्डलाई हराउदै भारत सेमिफाइनलमा

भारत जारी महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । गएराती मुम्बईको डी.वाई. पाटिल स्टेडियममा खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो । वर्षाका कारण खेल सुरुमा ४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण खेल ४४ ओभरमा घटाइएको थियो, जसले न्युजिल्यान्डलाई ३२५ रनको नयाँ लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनायो । 

यो जितसँगै भारतीय टिम अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ ।

यसका साथै न्यूजील्याण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान विश्वकपको सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।