मोरङको नेपाल-भारत सिमानामा ३०० किलो सयपत्री फूल नष्ट गरिएको छ । ९० किलो हरियो सब्जी पनि नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित रानीक्षेत्र गुल्म र प्लान्ट क्वारेनटाइन कार्यालयबाट खटिएको टोलीले नेपाल ल्याइँदै गरेको सयपत्री र सब्जी बरामद गरेको थियो ।
भारतबाट सयपत्री ल्याउन सरकारले रोक लगाएको छ । लुकाई छिपाइ ल्याएको अवस्थामा फूल र सब्जी बरामद गरिएको थियो । बाहिरी देशको उत्पादन निर्भरता घटाउने उद्देश्यसाथ बरामद सामग्री नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
दरैया सीमा क्षेत्रबाट ती सयपत्री र सब्जी बरामद गरिएको थियो । बरामद सयपत्री र सब्जी खाल्डो खनेर पुरिएको छ ।