Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चितवनमा स्कुटर दुर्घटना हुदाँ दुई युवाको मृत्यु

चितवनको भरतपुरमा स्कुटर दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ।

मंगलबार बिहान भरतपुर विमानस्थल नजिकै स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुर२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्यालको ज्यान गएको हो।

दुर्घटनामा परेको स्कुटर (बाप्र ०६००३ प ०६९२ नम्बर) आफैँ अनियन्त्रित भई गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

उनका अनुसार दुवै जनाको टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि तत्काल भरतपुर अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा दुबैको मृत्यु भएको हो।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।