Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मोहन वैद्यले छोडे पार्टीको नेतृत्व

मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट राजीनामा दिएका छन् ।

८० बर्षिय बैद्यले आफ्नो उमेर र स्वास्थ्यको कारण देखाउँदै पद छोडेका हुन् । बैद्यको स्थानमा शनिबार राति सकिएको केन्द्रीय कमिटीको बैठकले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बनेको थियो ।