Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रधान सेनापति सिग्देलबाट पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पोखरा स्थित पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतना तथा युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

 भ्रमणको दौरान प्रधान सेनापतिले आजै पोखरा स्थित सैनिक अस्पतालको समेत निरीक्षण गरेका थिए ।