Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सानिमा बैंकका ग्राहकहरुलाई चाडपर्व विशेष योजना

सानिमा बैंक लिमिटेडले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि विभिन्न मर्चेन्टहरूमा क्यासव्याक तथा छुटको योजना ल्याएको छ। योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरीद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँ सम्मको क्यासब्याक र थप १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकहरूले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौंडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्नेछन्। यो योजना कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकले वेबसाइटमा पनि सार्वजनिक गरेको जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटीएस मेसिनहरू सञ्चालनमा रहेका छन्।