Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सामाओविरुद्ध जितेमा हरेक खेलाडीले १९ लाख ५० हजार नगद पुरस्कार पाउने

आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुदैछ । सुपर सिक्स्का दुई खेल अघि नै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ ।

अहिले नेपाल ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपाल प्रतियोगितामा पराजित रहेको छ । त्यस्तै सामाओले भने सुपरसिक्समा खेलेका तिनै खेलमा हार बेहोरेको छ । 

यो उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् । राष्ट्रिय खेलाडी विकास नियमावली २०७९ अनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजनबाट विश्वकपमा छनौट भएमा हरेक खेलाडीलाई १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । 

त्यस्तै प्रशिक्षकलाई ६ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकलाई ३ लाख २५ हजार र खेल संघलाई ६ लाख ५० हजार पुरस्कार दिने व्यवस्था गरिएको छ ।

Prize1760673940.jpg