Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कांग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा तय, महाधिवेशन बारेको छलफल प्राथमिकतामा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ ।  विहिबार बिहानदेखि अब्सेको बैठकले आजै बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको हो ।

बैठकमा मुख्य रुपमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने नै छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन तोकिएको समयमै हुने बताएर मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेस अब महाधिवेशनमा केन्द्रित भएको हो ।

अर्कोतर्फ बुधबार ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव समेत कार्यवाहक सभापति खड्कालाई बुझाइएको छ । 

त्यस्तै यस केन्द्रीय समितिको बैठकमा बैठकमा जेनजी प्रदर्शन, त्यसपछि विकसित घटनाक्रम, प्रतिनिधिसभा विघटन, फागुन २१ को निर्वाचन, जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालय पुनर्निर्माण, शान्ति सुरक्षा एवं सुशासन, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतका विषयमा छलफल गर्ने गरि एजेण्डा तय गरिएको छ ।