ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इएपी छनोटअन्तर्गत सुपर–६ चरणमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेको छ। बुधबार राति भएको खेलमा घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले उपाधितर्फ बलियो कदम चालेको हो।

यस जितसँगै नेपालले सुपर–६ मा लगातार चाैथो जित निकालेको छ र ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको ओमानको ६ अंक छ।

नेपाल यसअघि नै सन् २०२६ मा हुने टी–२० विश्वकपका लागि छनोट भइसकेको छ। उपाधि जित्न अब नेपाललाई बाँकी खेलमा एक जित आवश्यक पर्नेछ। बलिङ र ब्याटिङमा सन्तुलित प्रदर्शन गर्दै नेपालले प्रतियोगिताभर प्रभावशाली लय कायम राखेको छ।
अबको खेलमा पनि यस्तै प्रदर्शन दोहोर्याउन सके नेपाल यस छनोट प्रतियोगिताको उपाधि जित्ने बलियो दाबेदार बन्नेछ।