Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वडाध्यक्ष शरण श्रेष्ठको पहलमा प्रभु बैंकद्वारा शहीद स्मृति माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सहिद लखन गाउँपालिका वडा नं.७ बुङकोटको शहीद स्मृति माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

वडा नं. ७ को समन्वय तथा प्रभु बैंक लिमिटेड शाखा कार्यालय गोरखाको आर्थिक सहयोगमा शहिद स्मृतिको कक्षा–१० का ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

वडाध्यक्ष शरण श्रेष्ठको पहलमा मंगलबार एसइई २०८२ व्याजका विद्यार्थीलाई पूर्व तयारी शैक्षिक सामाग्री बितरण गरिएको विद्यालयले जनाएको छ । जसमा प्रत्येक विद्यार्थीहरुलाई २/२ दर्जन कपि र पेन, एक एक वटा टेनसेट, क्यालकुलेटर र ज्यामोटिबक्स वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बिकको अध्यक्षतामा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा, वडाध्यक्ष शरण श्रेष्ठ, प्रभु बैङ्क लिमिटेड गारखाका प्रबन्धक तीर्थराज रिजाल, प्रधानाध्यापक रोहिणी प्रसाद खनाल लगायतले मन्तव्य राखेको विद्यालयकी शिक्षिका लोक कुमारी पनेरुले जानकारी दिइन् । उक्त सामग्रीले पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।