Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।  जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो ।

 बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।